सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

न्युजिल्यान्डसँग वेस्ट इन्डिजको लज्जास्पद हार

एजेन्सी । वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तीन खेलको टि- ट्वान्टी सिरिजको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले सानदार जित आत्मसाथ गरेको छ ।

आईतबार बिहान भएको खेलमा न्युजिल्यान्डले सानदार जित हासिल गर्ने क्रम पाहुना टोली वेस्ट इन्डिजलाई ७२ रनले पराजित गरेको छ ।

लज्जास्पद हार ब्यहोर्ने क्रममा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ३९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रनमा सिमित हुन् पुगेपछि न्युजिल्यान्डलाई सानदार जित दर्ता गर्न प्रयाप्त बन्यो ।

विशाल लक्ष्यलाई पछ्याएको वेस्ट इन्डिजका लागि ब्याटिङ सन्तोषजनक रहेन । कप्तान किरोन पोलार्डले बनाएको २८ रननै इनिङको सर्वाधिक ठूलो पारी हुन् पुग्यो ।

यस्तै टिमका लागि शिमरोन हेटमाइयरले २५ रन तथा ओपनर ब्याट्सम्यान आन्द्रे फ्लेचर र काइल मेयरले समान २०/२० रन बनाउँदा किमो पाउल २६ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका मिशेल सन्तनर र काइल जेमिसनले समान २/२ विकेट हात पारे भने ईश सोधी,जेम्स नीशम,काइल जेमिसन र टिम साउथीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा मध्य क्रमका ब्याट्सम्यान ग्लेन फिलिप्सले शतकीय पारी खेले । २३ वर्षिय फिलिप्सले आफ्नो करियरकै पहिलो शतक प्रहार गर्ने क्रममा ५१ बलमा १० चौका र ८ छ्क्कासहित १ सय ८ रन बनाएका थिए ।

यस्तै न्युजिल्यान्डका डेवन कोन्वेले पनि महत्वपूर्ण पारी खेल्ने क्रममा ६५ रनको योगदान गर्दा ओपनर तथा विकेट किपर ब्याट्सम्यान टिम सेफर्टले १८ र अर्का ओपनर
मार्टिन गुप्टिलले ३४ रन बनाएका थिए ।

बलिङतर्फ वेस्ट इन्डिजका कप्तान किरोन पोलार्ड , ओशने थोमस र फ्याबियन एलेनले समान १/१ विकेट लिएका थिए ।

योसँगै लगातार दुई खेल जितेको न्युजिल्यान्डले सिरिज पनि आफ्नो नाममा लेखाउन सफल भएको छ । सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको थियो । अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्