सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

नेपालकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा समावेश

काठमाडौं (सेवा सञ्चार)। विश्व चर्चित बेलायती सञ्चारमाध्यम ब्रिटिश ब्रोडकास्टिंग कर्पोंरेशन(बीबीसी)ले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका सय प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरले पनि स्थान बनाएकी छिन् ।

सन् २०१३ देखि यसरी सूची प्रकाशित गर्दै आएको बीबीसीले यसपटक सपनालाई पनि समाबेश गरेको छ ।

यस वर्ष यस सूचीमा समावेश भएकी म्याग्दीकी सपनाले बेवारिसे शबलाई काठमाडौंमा ब्यबस्थापन गर्दै आएकी छिन् ।

सडकमा बेवारिसे रुपमा रहेका शबलाई पोस्टमार्टम गर्नेदेखी पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा उनि अहिले निरन्तर लागिपरेकी छिन् ।

उनका अनुसार अहिलेसम्म करिब ३ सय भन्दा बढी बेवारिसे शबलाई उनले ब्यबस्थापन गरिसकेकी छिन् र त्यसैलाई मध्यनजर गर्दै उनलाई बीबीसीले समाजमा विषेश योगदान पुर्याएको भन्दै उक्त सूचीमा समावेश गरेको हो ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा सपनासँगै फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन,अर्जेन्टिनाकी फुटबल प्रशिक्षक तथा ब्यबस्थापक इवलिना काबरेरा,युएईकी एडभान्स टेक्नोलोजी मन्त्री सराह अल अमेरी देखि लिएर बंगलादेशकी पूर्व योनकर्मी रिना अख्तेर लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्