सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

निक साइमन्सले सहयोग गरेपछि लमही अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुरु

दाङ (सेवा सञ्चार ) । नेपालको प्रतिष्ठित गैरसरकारी परोपकारी संस्था निक साइमन्स इन्स्टिच्युटको विषेश सहयोगमा दाङको लमही अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरबृद्धि भएर लमही अस्पताल बनेको लामो समयको अन्तरालपछि अस्पतालले यो सेवा दिन सुरु गरेको हो ।

जसको सुरुवात शुक्रबार देखि भईसकेको छ । जस अन्तर्गत यस सेवाबाट पहिलो लाभान्वित लमही नगरपालिका वडा नं. ३ बनगाउँ निवासी यशोदा केसी भएकी छिन् ।

उनको शल्यक्रिया डाक्टर सत्यप्रसाद वैद्यको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टिमले गरेको थियो । उक्त टिममा वैद्यसँगै अर्का डाक्टर आकाश बेल्वासे, एनएसथेसिया अजय जैसवाल, स्टाफ नर्स मन्नीता अधिकरी,अनमी शिला चौधरी लगायतका रहेका थिए ।

यसअघि लमही अस्पतालले सामान्य खालको मात्र प्रसुती सेवा दिदै आएको थियो । अलिकती जटिल र शल्यक्रिया गर्ने पर्ने खालको भएमा टाढा जानू पर्ने बाध्यता रहदै आएको थियो ।

तर यसबीचमा निक साइमन्स इन्स्टिच्यूटले सहयोग गरेपछि अब यस क्षेत्रका आमाहरुलाई ठूलो राहत मिल्नुको साथै सेवा लिन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्