सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

डा. काशिमद्वारा लुम्बिनी प्रदेशको राजधानीमा क्रियाशिल सञ्चारकर्मीलाई उत्कृष्ट खालको डायरी प्रदान

भालुबाङ (सेवा सञ्चार ) । संविधान दिवसको अवसरमा हालै नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीबाट समाज सेवा रत्न अंलकारबाट विभुषित भएका समाजसेवी स्वास्थ्यकर्मी डा. काशिम शाहले लुम्बिनी प्रदेशको राजधानी भालुबाङ क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीलाई उत्कृष्ट खालको डायरी उपहारस्वरुप प्रदान गरेका छन् ।

फोटो सौजन्य : सन्तोश कुमार गुप्ता

भालुबाङकै स्थानिय समेत रहेका डा. शाहले स्थानिय सञ्चारकर्मीलाई समाचार संकलन गर्नका लागि केहि सहयोग मिलोस भन्ने हेतुका साथ डायरी प्रदान गरेका हुन् ।

बिहिबार भालुबाङमा एक कार्यक्रमकाबीच डा.शाहको अनुपस्थितिमा उनका माईला बुवा मोहम्मद शाहले पत्रकारहरुलाई डायरी हस्तान्तरण गरेका थिए ।

जसमा पत्रकारहरु महेश रिजाल , सन्तोष कुमार गुप्ता , ओम प्रकाश गुप्ता , विदुर एमसी, रितु राना , भिसुन शाही ठकुरी, जमिर शाह लगायतको उपस्थिति रहेको थियो ।

डायरी प्राप्त गरेपछि सबै पत्रकारहरुले डा. शाहलाई धन्यवाद दिएका थिए ।

यता डा. शाह ललितपुरको सानेपामा अवस्थित गैरसरकारी परोपकारी संस्था निक साइमन इन्स्टिच्युटमा वरिष्ठ कार्यक्रम प्रबन्धकका रुपमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्