सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी

काठमाडौं (सेवा सञ्चार ) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यस्तै सोही क्रममा केही मन्त्रीको हेरफेर पनि भएको छ ।

यसअघि उप- प्रधानमन्त्री तथा रक्षा मन्त्रालय हेरिरहेका ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा तानेका छन् ।

यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई सुम्पिएको छ । यसअघि सोही मन्त्रालय हेर्दै आएका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी दिईएको छ । भने सहरी विकासको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्