प्रकाश र वर्षासँगै नाचे राजेश हमाल
काठमाडौं (सेवा सञ्चार ) । नेपाली चलचित्र उद्योगमा महा नायकका रुपमा परिचित कलाकार राजेश हमाल एक म्युजिक भिडियोमा प्रकाश सपूत र नायिका वर्षा सिवाकोटीसँगै नाचेका छन् ।
मन्जरी बोलको लोक दोहरी गितको भिडियोमा यी तीनको नाच देख्न सकिन्छ । नेपालकी चर्चित लोक गायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको स्वरमा सजित यस गितको निर्देशक देवेन्द्र बब्लुले गरेका छन् ।
देवेन्द्र प्रकाश सपुतका आफ्नै भाई समेत हुन् । यस्तै भिडियोको कोरियोग्राफी मौसम हिमालीको रहेको छ ।
गित अहिले युट्युबमार्फत सार्वजनिक गरिएको छ । गायक प्रकाश पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गितलाई सुरुवाती अवस्थामै दर्शकहरुले राम्रो साथ दिईरहेका छन् ।
युट्युबमा हालसम्म यस भिडियोलाई ५ लाख २० हजार भन्दा बढी हेरिसकिएको छ ।
भिडियो