लुम्विनी प्रदेशको राजधानी क्षेत्रको भुकम्पीय जोखिम मापन
दाङ (सेवा सञ्चार ) । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ क्षेत्र (राप्ती उपत्यका ) तोकिएसँगै यस क्षेत्रमा अहिले विभिन्न किसिमका अवलोकन तथा निरिक्षण र अध्ययनहरु हुने क्रम सुरु भएको छ।
यसबीचमा प्रदेश राजधानी तोकिएको क्षेत्र राप्ती गाउँपालिका , गढवा गाउँपालीका र अर्घाखाँचीको शितगंगा नगरपालीकाको वडा नम्बर ८ र ९ मा भुकम्पिय जोखिम मापन गरिएको छ ।
त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागबाट आएको एक टोलीले यस क्षेत्रमा दुई दिन लगाएर उक्त मापन गरेको थियो ।
ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माध्यमबाट गरिएको मापनबाट यस क्षेत्रको विभिन्न किसिमको कम्पन्नको सहनशिलताबारे अध्ययन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्