सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

प्रदेशको राजधानी र नामाकरणको टुंगो आज लाग्दै

भालुबाङ (सेवा सञ्चार ) । प्रदेश ५ को राजधानी र नामाकरणको टुंगो आज सोमबार लाग्दैछ ।

शुक्रबार प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङ(राप्ती उपत्यका क्षेत्र ) लाई बनाउने र प्रदेशको नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव दर्ता गराएको थियो ।

सरकारको सोही प्रस्तावनामाथि आज प्रदेश संसदमा टुंगो अर्थात पारित गर्नका लागि मतदान हुनेछ ।

प्रदेशको राजधानी तथा नाम तोक्न संसदमा कम्तिमा दुई तिहाई मतको आवस्यक पर्ने हुन्छ । यस्तोमा प्रदेश सरकारको प्रस्ताब पारित हुने लगभग पक्का पक्की देखिएको छ ।

कुल ८७ सांसद रहेको प्रदेश ५ मा राजधानी र नामाकरण गर्नका लागि ५८ सांसदको समर्थन भएपनि प्रयाप्त हुनेछ ।

जसमध्य ६१ सांसद सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै रहेका छन् । यसबीचमा प्रदेश सरकारको निर्णय प्रती विषेश गरी रुपन्देहीका र केही अन्य सांसदहरुले असन्तुष्टि जनाई रहँदा नेकपा केन्द्रिय समितिले प्रदेश सरकारको निर्णयलाई साथ दिन अघोषित ह्विप समेत जारी गरेको छ ।

यस्तै यस प्रस्तावनामा विपक्षी नेपाली कांग्रेसका ६ सांसदले पनि साथ दिने लिखित जानकारी दिईसकेका छन् । संसदमा कांग्रेसका १९ सांसद रहेका छन् ।
यस्तै जनता समाजवादी पार्टीका ६ जना मध्य २ जना र राष्ट्रिय जनमोर्चाको एकमात्र सांसदले पनि प्रदेश सरकारको प्रस्तावमै मतदान गर्ने बताईसकेका छन् ।
यसरी हेर्दा प्रदेश ५ को राजधानी भालुबाङ र नाम लुम्बिनी हुने पक्का देखिएको हो ।

प्रस्तावनामाथि संसद भवनमा दिउँसो मतदान हुने कार्यक्रम रहेको प्रदेश संसदले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्