सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ घोषित भएपछि स्थानियबाट भब्य स्वागत

सलमान शाह ( सेवा सञ्चार ) । लुम्बिनी प्रदेशको राजधानी भालुबाङ ( राप्ती उपत्यका ) क्षेत्रलाई तोकिएपछि भालुबाङवासीले यस ऐतिहासिक दिनलाई भब्यताका साथ स्वागत गरेका छन् ।

मंगलबार रुपन्देहीस्थित बुटवलमा अवस्थित प्रदेश संसदबाट दुई तिहाई भन्दा बढी मतमार्फत प्रदेशको राजधानी भालुबाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्तावना पारित भएको थियो ।

सोमबारनै प्रदेशको नाम र राजधानी घोषणा हुने कार्यसूची भएको भएपनि संसदमा प्रदेश सरकारको प्रस्तावमा विरोध जनाउँदै नेपाली कांग्रेसका केही सांसद आक्रोशित देखिएपछि त्यस दिन घोषणा हुन् सकेको थिएन ।

यता सोही दिन घोषणा हुने भनेपछि बिहानै देखि भालुबाङ क्षेत्रमा रहेका स्थानियहरु स्वागत गर्नका लागि तयारी अवस्थामा रहेका थिए । तर त्यस दिन हुन् सकेन र लामो कस्सा- कस्सीका बीच अन्ततः मंगलबार भालुबाङ (राप्ती उपत्यका ) प्रदेशको राजधानी घोषित भएको थियो ।

घोषित भएपछि अप्त्यारिदो रुपमा भालुबाङ (राप्ती उपत्यका ) प्रदेश राजधानी भएकोमा स्थानियहरुले ब्यापक खुशी ब्यक्त गर्दै आफूहरुका लागि ऐतिहासिक दिन भएको भन्दै ठाउँ- ठाउँमा दीप प्रज्वलन तथा स्वागत कार्यक्रम गरेका थिए ।

त्यसबीचमा भालुबाङको मुटु पुरानो बजारमा पनि एक कार्यक्रम गरि यस ऐतिहासिक दिनलाई भब्यताका साथ स्वागत गरिएको थियो ।

संयुक्त युवा क्लबको आयोजनामा भएको स्वागत कार्यक्रममा यस क्षेत्रमा रहेका स्थानिय जनप्रतिनिधि , राजनीति दलका प्रतिनिधि , विभिन्न संघ – संस्थाका प्रतिनिधि तथा स्थानिय बुद्धिजीवी तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

कोरोना भाइरस ( कोभिड-१९) को सुरक्षात्मक उपायहरु अपनाउँदै भएको कार्यक्रमको सभापतित्व आयोजक क्लबका उपाध्यक्ष जमिर शाहले गरेका थिए । भने प्रमुख अथितिका रुपमा राप्ती गाउँपालिका १ नम्बर वडा अध्यक्ष तारा डिसी रहेका थिए ।

कार्यक्रमका दौरान नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस दाङका महा समिति सदस्य लाल मोहम्मद मियाँ , समाजसेवी महेन्द्र केसी , भोजेन्द्र विक्रम सिँह तथा विपि कोईराला युवा विकास मन्चका क्षेत्रीय सदस्य टिका पुन , नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बहादुर कर्ण र वडा अध्यक्ष तारा डिसीले आफ्नो भनाईहरु राखेका थिए ।

यता उक्त स्वागत तथा धन्यवाद कार्यक्रमको सन्चालन पत्रकार सलमान शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्