सेवा सञ्चार

SewaSanchar.com : खबरको विश्वासिलो केन्द्र

बुटवल – पाल्पा सडक खण्ड आजबाट दैनिक तीन घन्टा बन्द हुने

सेवा सञ्चार ,२६ असोज । सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल – पाल्पा सडक खण्ड आज सोमबार देखि बिहिबारसम्म करिब तीन घन्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यलय पाल्पाका अनुसार वर्षायाममा गएको पहिरोलाई ब्यबस्थापन गर्नका लागि सडक बन्द गर्न लागिएको हो ।

बन्द बुटवलको चिडिया खोला देखि पाल्पाको बर्तुङसम्मको सडक खण्ड हुनेछ । बिहान ६ बजेदेखि ९ बजेसम्म हुने यस बन्दका दौरान कुनै पनि सवारी साधन चलाउन पाईने छैन ।

सानो र साँघुरो यस सडकखण्डमा यस वर्ष पनि ब्यापक रुपमा पहिरो गएको थियो । त्यसबेला सामान्य मर्मत गरेर सन्चालन गरिएको सडकलाई वर्षायाम सकिए लगत्तै आजबाट पूर्णरुपले पहिरो हटाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्