थारु भाषाको गीत ‘घुईम घुईमके ताकैबालिके’ सार्वजनिक
काठमाडौं (सेवा सञ्चार ) । रंगकर्मी प्रदीप कुमार चौधरीद्वारा निर्देशित थारु भाषाको गीत घुईम घुईमके ताकैबालिके सार्वजनिक भएको छ ।
आईतबार गितको सार्वजनिक युटुभमार्फत गरिएको थियो । करिव ५ मिनेट लामो गीतलाई न्याय दिन त्यतिकै राम्रोसँग भिडियोमा ढालिएको छ ।
जसमा एण्डिशा चौधरी ,आकृति चौधरी र देभिन चौधरीले साथ दिएका छन् ।
चितवनका गायक मनोज महतो र कैलालीकी गायिका अनु चौधरीको स्वरमा सजित यस गीतको सब्द प्रदीप कुमार चौधरी स्वयमलेनै लेखेका हुन् ।
यस्तै भिडियोमा श्ववन कुमार चौधरीको छायांकन , निशा चौधरीको सम्पादन र रजनिश चौधरीको कोरियोग्राफी रहेको छ ।
गितको छायांकन भने सुनसरी र सप्तरी जिल्लाका रमणीय स्थानमा गरिएको छ । नेपालमा छुट्टै पहिचान बोकेको थारु भाषामा पछिल्लो समय कमै गितहरु सार्वजनिक भईरहेको अवस्थामा यो गितले राम्रो छाप छोड्न सक्ने सम्भावना रहेको छ । त्यसका लागि लक्षित दर्शकसामू पुर्याउन भने जरुरी छ ।
भिडियो